Logo

प्रचण्ड-नेपाल पक्षका सात मन्त्रीले दिए राजीनामा



Spread the love

५ पुष, काठमाडौं । सात जना मन्त्रीद्वारा सामुहिक राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्‍मा रहेका ७ जना मन्त्रीले सामूहिक राजीनामाको घोषणा गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्।

आफु पक्षका नेताको निर्देशनपछि उनीहरुले पत्रकार सम्मेलन गरी राजिनामा दिएका हुन्। राजीनामाको घोषणा गर्ने मन्त्रीहरुमा योगेश भट्टराई, गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, बिना मगर र रामेश्वर राय यादब छन्।

उनीहरुले संसद विघटनको प्रस्ताव रोक्न अधिकतम प्रयास गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनीहरुले गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेश विपरित तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिकएका कदमप्रति असहमति रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्