Logo

सोनू सूदले अब फिल्ममा भिलेनको रोल नखेल्ने



Spread the love

५ पुस, एजेन्सी । बलिउडमा भिलेनको रोलका लागि लोकप्रिय अभिनेता सोनू सूदले अबदेखि फिल्ममा भूमिकामा नखेल्ने भएका छन् । उनले अब फिल्ममा भिलेनको रोलमा खेल्न अस्वीकार गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

कोरोना महामारीका कारण भारतका मजदूरहरूको समस्याका लागि उनी यो वर्ष देवता समान भएका छन् । उनले समस्यामा परेका मजदुरहरूका लागि गन्तव्यसम्म गाडीको व्यवस्था गरिदिएका थिए। यो कार्यका कारण भारतमा सोनूले लाखाैँ मानिहरूको दिल चोर्न सफल भएका थिए ।

केही दिनअघि सोनू एसियाका ५० उत्कृष्ट सेलिब्रेटिहरूको सूचीमा समेत पर्न सफल भएका थिए । उनले भिलेनको रोल नखेलने सन्दर्भमा भने, ‘गएको वर्ष मेरो जीवनमा धेरै परिवर्तन भएको छ । ती परिवर्तन सबै सकारात्मक छन् । म कलाकार हो, अब भिलेनको रोल खेल्दिन ।’

त्ससै सन्दर्भमा उनले भने, ‘अबदेखि सँधै पोजेटिभ रोल मात्रै गर्छु । मलाई धेरै पोजेटिभ रोलहरूको अफर आइरहेका छन् ।’

तर, भारतका कतिपय दर्शक, निर्माता तथा कलाकारहरूले नै पनि सोनू सूदले भिलेनको रोल खेल्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्