Logo

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को पहिलो विजेता को भए ?



Spread the love

४ पुस, काठमाडौं ।   पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को पहिलो विजेता नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्की भएका छन्। 

हिमालय टेलिभिजन एचडीबाट प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को फाइनलमा ३ जोडी प्रवेश गरेका थिए ।

शोको फाइनलमा बुद्ध लामा र उनकी कोरियोग्राफर पाटनर केविका, प्रियना आचार्य र उनका कोरियोग्राफर पाटनर सुभम भुजेल, सुमी मोक्तान र उनका कोरियोग्राफर पाटनर बिजु पार्की पुगेका थिए । 

फाइनलमा गायक बुद्ध लामा र उनकी कोरियोग्राफर पाटनर केभीका खत्री फस्ट रनर अफ भएका छ भने सेकेन्ड रनर अफ प्रियना आचार्य र उनका कोरियोग्राफर पाटनर सुभम भुजेल भएका छन् । 

फाइनलमा दर्शकको भोट नै शतप्रतिशत दर्शकबाटै भएको निर्माण टिमले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्