४ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ४ हजार ७ सय ८० जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ७ सय १० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ७ सय १० जना कोरोना संक्रमण देखिएका मध्य इलाममा २, उदयपुरमा ५, झापामा १९, मोरङमा २४, संखुवासभाका १, सुनसरीमा १८, धनुषामा १७, महोतरीमा ४, रौतहटमा २, सप्तरीमा १, सिराहामा १, काठमाडौँमा २२४, काभ्रेमा १७, चितवनमा ४९, दोलखामा १०, धादिङमा ५, भक्तपुरमा १९, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सिन्धुपाल्चोकमा ५, सिन्धुलीमा २, कास्कीमा ७५, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पुर्वमा ७, पर्वतमा २, म्याग्दीमा १, लमजुङमा ३९, बागलुङमा ५, स्याङ्जामा ८, अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६, नवलपरासीमा ६, पाल्पामा १, प्युठानमा २, बर्दियामा १, बाँकेमा ६, रुपन्देहीमा ३०, दैलेखमा ३, सल्यानमा ४, सुर्खेतमा ३, अछाममा ३, कञ्चनपुरमा १, कैलालीमा ४, डडेल्धुरामा २, डोटीमा १, बझाङमा २ र बैतडीमा २ जना संक्रमित थपिएका छन्।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८ हजार ८ सय ४० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन्।