Logo

कानुन भन्दा माथी गुल्मीका ग्सास व्यवसायी : प्रतिसिलिन्डर १ सय २५ रुपैयाँसम्म बढी रकम असुल्दै



Spread the love


४ पुस, गुल्मी । गुल्मीका ग्यास व्यवसायीले घुमाउरो जाल बुन्दै उपभोक्तालाई ठग्दै आएका छन् ।
नेपाल आयल निगमले पहाडी जिल्ला गुल्मीमा प्रतिसिलिन्डरको मूल्य १३ सय ७५ तोके पनि गुल्मीका ग्यास व्यवसायीले सरकारको निर्देशनलाई ठाडै उल्लंखन गर्दै आफुखुसी मूल्य निधार्रण र सब-डिलर बनाउँदै आएका छन् ।

यस्तो छ ग्यास व्यवसायीको लुटत्रन्तको सञ्जाल ।

नेपाल आयल निगमले पहाडी जिल्लामा प्रतिसिलिन्डर १३ सय ७५ र तराईका जिल्लामा १३ सय ५५ तथा दाङ बाके जस्ता तराईका जिल्लामा १३ सय ४० रुपैयाँ तोकेको छ । जस अन्तर्गत लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा प्रतिसिलिन्डर १३ सय ७५ मा कारोबार हुनुपर्ने हो । तर, उपभोक्ताले सदरमुकाम तम्घासमै एउटा सिलिन्डरको १५०० सम्म तिर्न बाध्य छन् । विशेष गरी गुल्मीमा त्रीशुल, स्वस्तिक बुटवल र सिद्धार्थ ग्यासको कारोबार हुने गर्दछ ।

सदरमुकाममा रहेका चार वटा डिलरले आँफुखुसी कुनै मापदण्ड तथा भौतिक संचरना नहेरी आफ्नो नाफा र स्वार्थको लागि सब-डिलर बनाउँदै आएका छन् । आँफुहरुले प्रतिसिलिन्डर १४ सय ५० सम्ममा बेच्ने र सब-डिलरले १५ सयसम्म बेच्दै उपभोक्ता ठग्दै आएका छन् । त्यस्तै, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय गुल्मी र ग्यास व्यवसायीहरुबिच प्रतीसिलिन्डर १४ सय ५० मा बेच्ने निर्णय भएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्री प्रसाद भलामीले बताए । तर, गुल्मीका प्रमुख जिल्ला अघिकारी भरत कुमार शर्माले भने त्यस्तो सहमति पहिल्यै भएको तर उनी आएपछि नभएको उल्लेख गरे ।

ग्यास व्यवसायीको बाहना र हाम्रो चिरफार ।
ग्यास व्यवसायीले विभिन्न बहना देखाउँदै उपभोक्तालाई लुट्दै आएका छन् । ढुवानी खर्च र व्यवस्थापन खर्चको बहानमा आँफुखुसी मुल्य निधार्रण गर्दै आएका छन् ।

गुल्मी भित्रिने त्रिशुल ग्यास, स्वस्तिक ग्यास, बुटवल ग्याससँगै अन्य ग्यास कम्पनिले तम्घासका डिलरलाई आफ्नै सवारीमा ग्यास पठाएको जानकारी दिएका छन् । आफ्नो सवारी नपठाएको अवस्थामा प्रतिसिलिन्डर ५० रुपैयाँको दरले भाडा दिएको उनिहरुको दाबी छ ।

त्रीशुल ग्यासका व्यवस्थापक देवी प्रसाद भुसालले सल्लेरी खबरलाई भने ‘‘सम्भव भएसम्म हामीले आफ्नै सवारी पठाएका छौँ र हामीले भाडा लिएका छैनौं । भाडा माग्न पनि मिल्दैन र सवारी पठाउन नसकेको अवस्थामा हामीले प्रतिसिलिन्डर ५० रुपैयाँसम्म भाडा आँफैले दिएका छौँ । उहाँहरुले १३ सय ७५ भन्दा बढी रकम लिनुहुन्छ भने यो कानुन विपरित हो ।”

त्यस्तै, स्वतिक ग्यासका व्यवस्थापक महेश पोख्रेलले सल्लेरी खबरलाई भने ‘‘ हामीले आफ्नै सवारी पठाउँछौँ, पठाउन नसकेको अवस्थामा ढुवानी खर्च व्यवस्थापन गर्छौँ । गुल्मीसम्म पठाउँदा खर्च बढी लाग्ने हुदाँ गुल्मीमा १४ सय सम्म बेच्ने गरिन्छ होला । तर सरकारी मुल्य भनेको १३ सय ७५ हो ।”
त्यस्तै, अन्य ग्यास कम्पनीका व्यवस्थापकले पनि सोही कुरा दोहोर्याएका छन् ।

पहाडी जिल्ला गुल्मीमा लागत केही बढी लागेता पनि व्यवाहारीक रुपमा थोरै शुल्क लिनु ठिकै हो । तर, आँफुखुसी सब-डिलर बनाउँदै उपभोक्तालाई चर्को मुल्य लिने प्रथाको अन्त्य हुनु पर्दछ । सदरमुकाम तम्घासकै उपभोक्ताको रातदिन ठगिँदै आएका छन् भने जिल्लाका ग्रामीण क्षेत्रका उपभोक्ताको अवस्था झनै दयनीय रहेको छ । यस तर्फ सम्बन्धित निकायको ध्यान कहिले जान्छ ? ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्