Logo

बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु, २० जना घाइते



Spread the love

४ पुस, एजेन्सी । अफगानिस्तानका पूर्वी क्षेत्रमा रहेको घजानी राज्यमा बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । अन्य थप २० जना घाइते भएका छन् ।

उनीहरुको स्कुलकै छेउमा बम विस्फोट हुँदा ज्यान गएको हो । प्रान्तीय प्रहरी प्रमुख साएद मेहरज सदतका अनुसार उनीहरु १० देखि १५ वर्ष उमेर समूहका छन् । साथै अफगान सुरक्षा फौजलाई लक्षित गर्दै उक्त विस्फोट गराइएको हुनसक्ने अधिकारीले जनाएका छन् ।

तर घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर सदतले तालिबानीलाई यो आक्रमणको आरोप लगाएका छन् । अरबन्युजका अनुसार तखर प्रान्तमा तालिबानी समूह सक्रिय रहँदै आएको छ ।

रिक्साको पछाडि राखिएको बम विस्फोट भएको बताएका छन् । बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुनुअघि बालबालिकाले खेलाउने सम्झेर चलाउँदा विस्फोट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्