Logo

टर्की र पाकिस्तानमा आतंककारी हमला बढेकोभन्दै प्रतिबन्ध लगाउन ईयूलाई दबाब



Spread the love

ब्रसेल्स । टर्की र पाकिस्तानजस्ता मुलुकको आतंकवादप्रति चिन्तित युरोपेली संसदका सदस्यहरुले यी दुई मुलुकमाथि प्रतिबन्ध लगाउन दबाब दिएका छन् ।

टर्की र पाकिस्तानले आतंकवादली हमलालाई थप प्रश्रय दिएको भन्दै प्रतिबन्ध लगाउन ईयूलाई दबाब दिएका हुन् । फ्रान्सका सदस्य जोर्डन बर्डेलाले “युरोपेली ऐक्यबद्धतालाई मूर्त तुल्याउन” अंकारा, इस्लामावाद, कुवेत सहर र दोहाविरुद्ध “वास्तविक आर्थिक वा व्यापारिक प्रतिबन्ध” लगाउन माग गरेका छन् ।

फ्रान्स र मुस्लिम देशहरुबीचको विवाद बढ्दै गएपछि फ्रान्सका लागि ईयू सदस्य बर्डेलाले प्रतिबन्ध लगाउन माग गरेका हुन् । गत महिनामा फ्रान्समा धेरै आतंकवादी हमलाहरु भएका छन् । जब चार्ली हेब्दोले पैगम्बर मुहम्मदको विवादित व्यंगचित्रको पुनर्प्रकाशनको घोषणा गरे र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अक्टुबरको शुरुमा यसको आलोचना गर्न अस्वीकार गरेपछि उक्त हमलाहरु भएका थिए ।

उक्त घटनाको मुस्लिम मुलुकहरुमा विरोध प्रदर्शनहरु भइरहेका छन् । धेरै मुस्लिम देशहरूमा सामाजिक सञ्‍जाल प्रयोगकर्ताहरू फ्रेन्च सामानहरूको बहिष्कार गर्न अभियान चलाएका छन् । अक्टुबर १ चार्ली हेब्दोले आफ्नो कक्षामा एक विवादस्पद कार्टुन बनाएपछि विद्यालयका शिक्षकक शमूएल पाटीको टाउको काटिदिएका थिए ।

फ्रान्समा अक्टोबर 30 को बिहान अर्को आतंकवादी हमला भएको थियो । नाइसको एउटा चर्चमा एक जना व्यक्तिले तीनजनालाई छुरा प्रहार गरी घाइते बनाएका थिए । नोभेम्बर २ मा एक इस्लामी आतंकवादीले भियनामा एक घातक हमला गरेका थिए ।

प्रहरीले पुग्‍नुभन्दा पहिले नै सहरमा चार जनालाई गोली हानी हत्या गरिएको थियो भने २० जनाभन्दा बढी घाइते भएका थिए । अन्य युरोपेली मुलुकहरुले पनि पाकिस्तान र टर्कीजस्ता मुलुकहरुलाई प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्