Logo

आज ७ सय ८२ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ७ सय ०६ जनाको पीसीआर परीक्षण गर्दा सोमबार थप ७ सय ८२ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ७ सय ८२ जना कोरोना संक्रमण देखिएका मध्य उदयपुरमा १, ओखलढुङगामा १, खोटाङका १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभाका २, सुनसरी १५, पर्सामा १२, बारा ५, रौतहटमा २, सप्तरीमा ३, सर्लाहीमा १, सिराहामा ३, काठमाडौँमा २०२, काभ्रेमा १४, चितवनमा २०, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा १०, रामेछापमा २, ललितपुरमा ७६, कास्कीमा ५७, तनहुँमा ७, नवलपरासी पुर्वमा ५, पर्वतमा ४, म्याग्दीमा ३, बागलुङमा २, स्याङ्जामा ४, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ८, नवलपरासीमा ८, पाल्पामा १४, प्युठानमा २, बर्दियामा १५, बाँकेमा ३४, रुपन्देहीमा ३८, कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ४, डोल्पामा ६, सल्यानमा ३, सुर्खेतमा ९, अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा १, दार्चुलामा २, बझाङमा ६ र बाजुरामा १७ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन् भने ४ सय २७ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया दिनुहोस्