Logo

काठमाडौं उपत्यकामा थपिए २८७ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु



Spread the love

३ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना कोरोना भाइरस संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा गरिएको ५७०६ पिसिआर परीक्षण देशभर ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७६५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १०२९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४१३९२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्