Logo

सभामुख अग्नि सापकोटाको मुद्दाको पेशी तोकियो



Spread the love

३ पुस, काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको मुद्दाको पेशी तोकिएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा रहेको बेला सोपकोटाको मुद्दा आजको पेशीमा चढेको हो ।

सापकोटाको मुद्दा यसअघि २०७६ फागुन ३० गते पेशीमा चढेको थियो । हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाईको पेशी तोकिएको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले रिट निवेदन दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्