Logo

श्रीराम सुगर मिल्सले आजबाट उखु किसानलाई रकम वितरण गर्ने



Spread the love

३ पुस, काठमाडौं । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले उखु किसानलाई आजबाट रकम वितरण गर्ने कार्यतालिका बनाएको छ ।

उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उखु किसानको बक्र्यौता नतिरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका चारजना मन्त्रीले चिनी उद्योगीलाई पक्रने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्