Logo

नेहा कक्कर आमा बन्दै



Spread the love

३ पुस, एजेन्सी । बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएको खबर सार्वजनिक भएको छ ।

करिब दुई महिनाअघि अक्टोबर २४ मा गायक रोहन प्रित सिंहसँग विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’

प्रतिक्रिया दिनुहोस्