Logo

श्रीलंकालाई विश्वकप दिलाएका वाटमोर नेपाली क्रिकेट टोलिको प्रशिक्षक नियुक्त



Spread the love

२ पुस, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो।

यस्तै, रौनकबहादुर मल्ल महाप्रबन्धक, विनोद दास क्रिकेट म्यानेजर र रमेश कुमार न्यौपाने चिफ फाइनान्स अफिसर नियुक्त भएका छन् ।

उनले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्