Logo

६५८८ परीक्षण गर्दा थपिए ७७६ कोरोना संक्रमित



Spread the love

२ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ६५८८ पिसिआर परीक्षण देशभर ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७४९ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९४७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४०३६३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्