Logo

राप्रपाले हिन्दुराष्ट्रको माग राख्दै सरकारविरुद्ध प्रदर्शन गर्ने



Spread the love

२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले राजसंस्था पुनः स्थापना र हिन्दुराष्ट्रको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपाको सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तनका विषयमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको बैठकले पुस १२ गते सतहत्तर जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने र पन्ध्र देखि पच्चिस भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्