Logo

चन्द्रमाबाट ढुंगामाटो लिएर फर्कियो चिनियाँ च्याङ्ग ई फाइभ



Spread the love

एजेन्सी । चीनको च्याङ्ग ई फाइभ अन्तरिक्ष यान चन्द्रमाबाट ढुङ्गा र माटो लिएर पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यान आज विहान स्थानीय समय अनुसार एक बजेर तीस मिनेटमा भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो ।

सो यानले ल्याएको नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने विश्वास गरिएको छ ।

यो अभियान अन्तर्गत नमुना सङ्कलनका लागि चन्द्रमाको सतहमा जम्मा दुई दिन लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्