Logo

रियल सोसिडाडमाथि बार्सिलोनाको सहज जित



Spread the love

एजेन्सी। स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल सोसिडाडमाथि क्याटलान क्लब बार्सिलोनाले २–१ को पूनरागमन जित हात पारेको छ ।

नोउक्याम्पमा बुधबार राति भएको खेलमा २७औं मिनेटमा विलियम जोसले क्रिस्टियन पोर्टुको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । ३१औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४३ औं मिनेटमा जोर्डी अल्वाको क्रस पास डिफ्लेक्ट हुदा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लदा पराजित सोसिडाड गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्