Logo

रोनाल्डो पेनाल्टीमा चुक्दा घरेलु मैदानमा रोकियो युभेन्टस



Spread the love

एजेन्सी। युभेन्टस घरेलु मैदानमा एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

एलिएन्ज एरिनामा बुधबार राति भएको खेलको
२९औं मिनेटमा चिसाले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा रेमो फ्रिउलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६१औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि रोनाल्डो चुके । फेडरिको चिसामाथि हेन्स हाटेनबोइरले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोको प्रहारलाई गोलरक्षक गोलिनीले बचाए ।

यो बराबरीसँगै युभेन्टस १२ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा रहँदा एटलान्टा १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा शीर्षस्थानको एसी मिलान जिनोआसँग २–२ गोलको बराबरीमा रोकिदा इन्टर मिलानले नेपोलीमाथि १–० को जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्