Logo

आइसक्रिम चोरेको आरोपमा १३ वर्षको जेल सजाय



Spread the love

१ पुस, एजेन्सी । आइसक्रिम चोरेका २ जना बच्चाहरूले ८ वर्षपछि ठूलो सजाय पाएका छन् । आफ्नै कक्षाका साथीको आइसक्रिम चोरेका उनीहरूले ८ वर्षको मुद्दापछि १३ वर्षको जेल सजाय भोग्नु पर्ने भएको छ ।

१४ र १५ वर्षका टर्कीका २ बच्चाहरुले कक्षाकै साथीको आइसक्रिम र सुर्यमुखी फुल जस्तो भएको झोला चोरेका थिए । यसको मुद्दा ८ वर्षसम्म चल्यो र हाल १३ वर्षको जेल सजाय दिइएको छ ।

त्यतिबेलाका बच्चाहरू अहिले २२ र २३ वर्षका भएका छन् । उनीहरू परीक्षा दिइरहेको अवस्थामा नै पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्