Logo

प्रधानमन्त्री ओलिलाई अविश्वासको प्रस्तावबाट हटाऔँ : अध्यक्ष बस्नेत



Spread the love

१ पुस, काठमाडौं । सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।

बुधबार तरुण दलका अध्यक्ष जित जंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिन आग्रह गरेका हुन् ।

बस्नेतले भनेका छन् ‘सम्माननीय राष्ट्रपतिज्यूको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावको पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्