१ पुस, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुटाउन स्थगित बैठक आज बस्न लागेको हो ।
नेकपाभित्र जारी विवाद सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि झनै तनावपूर्ण बनेको छ ।
स्थायी समिति बैठकले प्रधानमन्त्रीले ल्याएको विधेयक फिर्ता गर्नुपर्ने विषयमा निर्णय गर्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्