Logo

वल्भ्ससँग चेल्सी पराजित, बराबरीमा रोकियो म्यानचेस्टर सिटी



Spread the love

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । इल्केए गुन्डोगानको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको सिटी ४३औं मिनेटमा रुवेन डियासको आत्मघाती गोलबाट बराबरीमा रोकिएको थियो ।

यो बराबरीसँगै सिटी २० अंक जोडेर छैटौं स्थानमा यथावत छ ।

लिगकै अर्काे खेलमा चेल्सी वल्भ्ससँग पराजित भएको छ । वल्भ्समा मंगलबार राति भएको खेलमा चेल्सीले अग्रता जोगाउन नसक्दा २–१ ले पराजय ब्यहोरेको हो ।

४९औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट चेल्सीले अग्रता लियो । ६६औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पेड्रो नेटोले भिटिन्हाको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे ।

यो हारसँगै चेल्सी पाँचौ स्थानमा यथावत रहेको छ । चेल्सीको १३ खेलबाट २२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्