Logo

१० खेलाडीमा समेटिएको बिल्बाओमाथि रियालको सहज जित



Spread the love

एजेन्सी। रियाल म्याड्रिडले स्पेनिस ला लिगामा एथलेटिको बिल्बाओमाथि जित निकालेको छ । घरेलु मैदान अल्फ्रेडो स्टेफानोमा मंगलबार राति भएको खेलमा रियालले बिल्बाओमाथि ३–१ को जित हात पारेको हो ।

खेलको १३औं मिनेटमा नै एथलेटिको बिल्बाओ १० खेलाडीमा समेटिन पुगेको थियो । टोनी क्रुसमाथि फल गरेपछि राहुल गार्सिया दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा भिनियिस जुनियरको पासमा टोनी क्रुसले गोल गर्दै रियाललाई सुरुवाती अग्रता दिलाए । ५२औं मिनेटमा एन्डर कापाले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

७४औं मिनेटमा ड्यानियल कार्भाहलको पासमा करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुका मोड्रिचको पासमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई ३–१ को सहज जित दिलाए ।

यो जितसँगै रियाल तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्