Logo

आज ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३० मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ७ हजार १ सय १७ जनाको पीसीआर परीक्षण गर्दा सोमबार थप ९ सय ३६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ९ सय ३६ जना कोरोना संक्रमण देखिएका मध्य इलामका ५, उदयपुरमा १, झापामा १९, ताप्लेजुङका १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभाका १, सुनसरी ३४, सोलुखुम्बुमा १, धनुषामा ३, पर्सा १, बारा २, सर्लाहीमा १, सिराहामा २, काठमाडौँमा ३१०, काभ्रेमा ३१, चितवनमा १६, दोलखामा ८, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६ र सिन्धुपाल्चोकमा ६, सिन्धुलीमा २, कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपरासीपुर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ७, बागलुङमा ६, स्याङ्जामा ४, अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा २, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा १६, बर्दियामा ५, बाँकेमा २७, रुपन्देहीमा ३५, कालिकोटमा १, दैलेखमा १, रकुमपश्चिममा २, सुर्खेतमा ८, अछाममा ५, कञ्चनपुरमा १८, कैलालीमा ३३, डडेल्धुरामा ३, डोटीमा १, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा २ जना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्