Logo

नारायणीलाई हराउँदै राप्तीले जित्यो गौतम बुद्ध कप क्रिकेटको उपाधि



Spread the love

काठमाडौं। नारायणीलाई हराउँदै राप्तीले गौतम बुद्ध कप टी–२० क्रिकेट उपाधि जितेको छ । नारायणीलाई नाै रनले हराउँदै राप्तीले उपाधि जितेको हो ।

राप्तीले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नारायणी नौ विकेटको नोक्सानीमा एक सय ३४ रनमै समेटियो । नारायणीका लागि आरिफ शेखले सबैभन्दा धेरै ४८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा पहिले ब्याटिङ गरेको राप्तीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्