Logo

प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भयो, अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ- प्रचण्ड



Spread the love
फाइल तस्बिर

३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता बिपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भयो। पार्टीमा समेत छलफल भएन। यो लोकतन्त्रको उपहास हो। यो अध्यादेश तुरुन्तै खारेज गर्नुपर्छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्