एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने सम्भावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उनी पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने भएको स्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुगेका छन् ।
उनले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्