Logo

९ महिनादेखि बन्द पशुपतिनाथ पौष १ गतेबाट सर्बसाधरणका लागि खुल्ला



Spread the love

३० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पुजा गरेकी छन् । कोरोनाका कारण करिब ९ महिनादेखि बन्द पशुपतिनाथमा आज बिहान क्षमा पूजा गरिएको हो ।

लामो समयसम्म मन्दिर बन्द गर्नु परेका कारण क्षमा माग्न क्षमा पूजाको आयोजना गरिएको हो ।

भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र स्वास्थ्य सुरक्षाका नियम अपनाउनुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्