Logo

समृद्ध नेपालका लागि राजसंस्थाको वकालत गरेका हौं : कमल थापा



Spread the love

३० मंसिर, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध नेपाल निर्माणका लागि हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन् ।

ट्विट गर्दै अध्यक्ष थापाले धर्म संस्कृति, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्ने उल्लेख गरेका हुन् ।

उनले हिन्दुराष्ट्र र राजसंस्थाबारे वकालत गर्दा जसले जे भने पनि आफूहरूलाई चिन्ता नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्