Logo

फेरि सर्यो संवैधानिक परिषदको बैठक, अर्को बैठक साँझ बस्ने



Spread the love

३० मंसिर, काठमाडौँ । म‌ंगलबार बिहान बोलाइएको सं‌वैधानिक परिषद् बैठक स्थगित भएको छ ।

गणपूरक नपुगेपछि बेलुका ५ बजे सम्मका लागि संवैधानिक परिषद् बैठक स्थगित गरिएको हो ।

बैठकमा नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगेका थिए ।

विभिन्न संवैधानिक निकायहरूमा नियुक्तिको निम्ति बैठक बसाउने प्रधानमन्त्रीको दोस्रो प्रयास विफल भएको हो।

प्रतिक्रिया दिनुहोस्