Logo

क्याडिजमाथि सेल्टाको सानदार जित



Spread the love

एजेन्सी। स्पेनिस ला लिगामा क्याडिजमाथि सेल्टा डि भिगोले ४–० को सानदार जित निकालेको छ ।

सेल्टाले घरेलु मैदानमा खेलको छैटौ मिनेटमा नोलिटोले इगो आस्पासको पासमा गोल गर्दै अग्रता दिलाए । ३१औं मिनेटमा आस्पासले पेनाल्टीमार्फत गोल गर्दै सेल्टाको अग्रता दोब्बर पारे ।

४३औं मिनेटमा फ्रान बेल्ट्रानले गोल गर्दै सेल्टालाई सहज जिततर्फ अग्रसर गराए । पहिलो हाफको इन्ज्युरी समयमा ब्राइस मेन्डिजले डेनिस सुआरेजको पासमा गोल गर्दै सेल्टालाई ४–० ले जित दिलाए ।

जितसँगै सेल्टा १३ खेलबाट १६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ भने पराजित क्याडिज १८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्