Logo

रोकिराखेको ट्रककोमा ठोक्किँदा २७ वर्षीय अनिलको मृत्यु



Spread the love

३० मंसिर, लमही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ देउखरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा राप्ती गाउँपालिका वडा नं. ७ बिजौरीका २७ वर्षीय अनिल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

उनले चलाएको रा ३ प १३७३ नम्बरको मोटरसाइकल सोमबार राति सडकमा रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किए र दुर्घटनामा घाइते भएका चौधरीको उपचारको क्रममा बाटोमै मृत्यु भएको भालुबाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्