Logo

पूर्वपत्नी र युट्युवे विरुद्ध मुद्धा हाल्ने मनोज गजुरेलको चेतावनी



Spread the love

काठमाडौं । कलाकार मनोज गजुरेलले आफ्नो तीनवर्ष अघि नेपालको कानुनअनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा पनि बारम्बार उठाइएको भन्दै अब कानुनीरुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचालेको बताएका छन् ।

विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेखेको भन्दै उनले आक्रोश पोखेका हुन् । उनले छुट्टिसकेको सम्बन्धलाई तथ्यहीन तर्कहरु राखेर आफ्नो बेइजत गरेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै धेरै सहेर बसेको तर अत्याचार नै गरेपछि आफू बोल्न बाध्य भएको उल्लेख गरेका छन् ।

कलाकार गजुरेलले पूर्वपत्नी मीना ढकालसँगको २२ बर्षको वैवाहिक सम्बन्ध केही बर्ष अघि आपसी सहमतिमा टुङ्ग्याएका थिए। सम्बन्ध विच्छेदपछि छोरा गजुरेल र छोरी ढकालसँग बस्दै आएकी थिइन्।

हाल आएर छोरी पनि आफैसँग बस्न थालेको समेत गजुरेलले जानकारी समेत दिएका छन्। हालै कलाकार गजुरेलले आफन्त र परिवारको सल्लाह सुझाव अनुसार अर्को विवाह गर्ने तयारीमा रहेको बताएका थिए।

छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको मनोजको भनाइ छ । डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति थियो । तर डिभोर्सको ८ महिनापछि नै छोरी आमासँग बस्न नरुचाएर घर फर्केको मनोजले उल्लेख गरेका छन् । डिभोर्स गर्दा मनोजले मिनालाई एक करोड ३० लाख रुपैयाँ दिएका थिए, जसमध्ये ६५ लाख छोरीको लागि थियो ।

सामाजिक सञ्जालमा गजुरेलले लेखेका छन् ‘प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्