३० मंसिर, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ३३८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ३५३ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट २१ हजार भन्दा धेरै संक्रमित थपिदा ३५३ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा ९९ लाख ६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ९४ लाख २१ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख ४३ हजार ७ सय ४६ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्