२९ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ४ सय २३ जनाको पीसीआर परीक्षण गर्दा सोमबार थप ८ सय २१ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ८ सय २१ जना कोरोना संक्रमण देखिएका मध्य इलामका ७, उदयपुरमा १, ओखलढुङगाका २, खोटाङका १, झापामा २६, ताप्लेजुङका १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५, सुनसरी ३३, सोलुखुम्बुमा ३, धनुषामा १, पर्सा २, बारा ४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १ जना, सिराहामा ३, काठमाडौँमा २४६, काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा २ जना, सिन्धुलीमा ६, कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासीप्ुर्वमा ८, पर्वतमा १, लमजुङमा १, स्याङ्जामा ४, अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, नवलपरासीमा १, पाल्पामा ७, प्युठानमा ३, बर्दियामा ९, बाँकेमा १०, रुपन्देहीमा ३५, रोल्पामा २, जुम्लामा १, दैलेखमा १, सुर्खेतमा ३, अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ जना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन् भने ४ सय ७१ जना क्वारेन्टिनमा छन्।