एजेन्सी। कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ ।
अमेरिकाले पहिलो चरणमा अग्रपन्तीमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकलाई खोप दिन लागेको हो ।
पहिलो दिन विभिन्न राज्यका १ सय ४५ ठाँउमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।
अमेरिकाको खाद्य तथा औषधि विभाग ‘एफडीए’ अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिए लगत्तै खोप अभियान शुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस्