Logo

बुधबारदेखि जर्मनीमा पुनः लकडाउन



Spread the love

एजेन्सी। जर्मनीले कोरोना संक्रमण बढ्न थालेपछि बुधबारदेखि देशभर लकडाउन गर्ने भएको छ । जनवरी दशसम्म लागू हुने गरी लकडाउन घोषणा गरिएको हो ।

बुधबारदेखि अत्यावश्यक बाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने जर्मन सरकारले जनाएको छ । लकडाउनको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा हुनेछन् ।

संक्रमण र मृत्युदर दुबै बढेकाले क्रिसमस र नयाँबर्षको समयमै पनि लकडाउन गर्नुपरेको जर्मन चान्सलर एञ्जेला मर्केलले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्