Logo

कोरोना संक्रमणबाट एजवाटिनीका प्रधानमन्त्रीको निधन



Spread the love

एजेन्सी। कोरोना संक्रमणबाट अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्रीको निधन भएको छ । चार हप्ता पहिले कोरोना संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको आइतबार मृत्यु भएको हो ।

छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ड्लामिनी सन २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्