Logo

नेयमारले चोट बोकेको खेलमा पीएसजी पराजित



Spread the love

एजेन्सी। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग १–० ले पराजित भएको छ ।

पार्क डि प्रिन्सेसमा आइतबार राति भएको खेलमा पाहुना टोलिलाई ३५औं मिनेटमा टिनो काडेवेरले गोल गर्दै अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा नेयमारमाथि गम्भीर फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै रातो कार्ड दिदै लियोनका थियागो मेन्डेसलाई मैदान बाहिर पठाएको थियो ।

थिगायो मेन्डिसको खराब ट्याकलमा नेयमार घाइते भएका छन् ।

यो हारसँगै पीएसजी शीर्षस्थानबाट तेस्रो स्थानमा झरेको छ । पीएसजीको २८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्