Logo

रोनाल्डोको सानदार प्रदर्शनमा युभेन्ट्सको सहज जित



Spread the love

एजेन्सी। युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा जिनोआमाथि ३–१ को सहज जित निकालेको छ ।

जिनोभामा आइतबार राति भएको खेलको ५७औं मिनेटमा वेस्टन म्याकिनीको पासमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । ६१औं मिनेटमा स्टेफानोले लुका पेलिग्रिनीको पासमा गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

७८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई २–१ ले अघि बढाए । युभेन्ट्सको लागि क्रिस्टियानो रोनाल्डोको यो १०० औं खेल हो।

८९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

यो जितसँगै ११ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्