Logo

पाकिस्तानी सेनाको सम्बन्ध अलकायदासँग : ओबामा



Spread the love
पाकिस्तानी सेनाको सम्बन्ध अलकायदासँग : ओबामा

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पाकिस्तान सेनाभित्रका केही व्यक्तिहरुको सम्बन्ध तालिबान र अलकायदासँग भएको बताएका छन् ।

ओसामा बिन लादेनको अनुसन्धानका छापा हान्‍ने क्रममा उक्त कुरा खुलेको ओबामाले बताएका छन् । विशेषगरी पाकिस्तानी सेनाका उच्च अधिकारी र गुप्तचर निकायका व्यक्तिहरु तालिबान र अलकायदासँगको सम्पर्कमा रहेको बताएका छन् ।

पाकिस्तानले तालिबान र अलकायदालाई कहिलेकाँही भारत र अफगानिस्तानसँग प्रयोग गर्ने गरेकोसमेत ओबामाले बताएका छन् । अमेरिकी पूर्वराष्ट्रपति ओबामाको पछिल्लो पुस्तक ‘अ प्रोमिस्ड ल्यान्डमा’ मा उनले भनेका छन्, “लगातारको प्रयासपछि अबोत्ताबादमा अमेरिकी कमाण्डोले छापा हान्दै मोस्ट वान्टेड आतंककारीलाई सन् २०११ मे २ मा मारेका हुन् ।” निकै गोप्य अप्रेसनका लागि रक्षामन्त्री रोबर्ट गेट्‌स र उपराष्ट्रपति जो बाइडेनलेसमेत उक्त अप्रेसनमा पाकिस्तानी सेनाले धोका दिने हुँदा अघि नबढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्