एजेन्सी। संयुक्त अरब एमिरेट्स (यूएई) ले पाकिस्तानलगायतका मुलुकमा पछिल्लो समय कोरोना भाइरसको महामारी बढेको भन्दै भ्रमण भिसालाई अस्थायी रूपमा निलम्बन गरेको छ ।
यूएईको विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफीज चौधरीलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डन न्युजले भनेको छ, “पाकिस्तान लगायतका मुलुकमा कोभिड-१९ को दोस्रो लहर सुरु भएका कारण अस्थायी रुपमा भ्रमण भिसा निलम्बन गरिएको छ ।”
“हामी यस सम्बन्धमा सम्बन्धित यूएई अधिकारीहरुबाट आधिकारिक पुष्टि खोजिरहेका छौं,” उनले भने । एक विज्ञप्तिमा चौधरीले स्पष्ट गरेका छन् कि उक्त निलम्बन यसअघि जारी गरिएका भिसाको हकमा भने लागु हुनेछैन । भिसाका कुन-कुन क्याटेगोरीहरू निलम्बनले असर गर्ने छ भन्ने कुरा हाल स्पष्ट भइसकेको छैन ।
यूएईसँग विभिन्न भिसा क्याटेगोरीहरु छन् जसमा व्यवसाय, पर्यटक, ट्रान्जिट, विद्यार्थी आदि छन् । पाकिस्तानले पछिल्लो कोरोना संक्रमितको संख्या निरन्तर वृद्धि भइरहेको छ । जसले गर्दा पाकिस्तानको अर्थतन्त्र नै तहसनहस हुने स्थितिमा पुर्याएको छ ।