२८ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप ८ सय ३० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता ८ सय ३० जना कोरोना संक्रमण देखिएका मध्य उदयपुरमा २, झापामा २०, ताप्लेजुङका २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सुनसरीमा १०, सोलुखुम्बुमा १, धनुषामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा १ जना, काठमाडौँमा २५८, काभ्रेमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रामेछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १, कास्कीमा ५३, गोरखामा ३, तनहुँमा १३, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा ९, बाग्लुङमा ६, स्याङ्जामा ५, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १६, पाल्पामा ९, प्युठानमा १, बर्दियामा १, बाँकेमा ७, रुकुमपुर्वमा १, रुपन्देहीमा २३, रोल्पामा १, कालिकोटमा २, दैलेखमा ६, रुकुमपश्चिममा ८, सल्यानमा ६, सुर्खेतमा १८, अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा १, डोटीमा १४, दार्चुलामा १, बझाङमा ९ र बैतडीमा १ जना संक्रमित थपिएका छन्।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् भने १६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।