२८ मंसिर, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिषद्को बैठक बोलाएपनि देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा सहभागी नहुने जनाएका हुन् ।
सत्तारुढ दलमा पनि भागबण्डा र विवाद रहेको र प्रतिपक्ष दलका नेता पनि सहभागी नहुने भएपछि बैठक अनिश्चित भएको हो ।
प्रतिक्रिया दिनुहोस्