Logo

उखु किसानहरुले आजदेखि काठमाडौंमा आन्दोलन थाल्दै



Spread the love

२८ मंसिर, काठमाडौं। आजदेखि उखु किसानहरुले काठमाडौंमा आन्दोलन शुरु गर्ने भएका छन् । चिनी उद्योगहरूबाट उखुको रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु आन्दोलनका लागि काठमाडौं आएका हुन् ।

उनीहरुले आन्दोलनको पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेका छन् । आन्दोलनका लागि सर्लाही, रौतहट र नवलपरासीबाट एक हजार भन्दा बढी किसान काठमाडौं आएका छन् ।

चिनी उद्योगहरूले किसानहरुलाई करिब ९० करोड रुपैया दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्