Logo

बराबरीमा रोकियो बायर्न, घरेलु मैदानमा डर्टमुन्ड पराजित



Spread the love

एजेन्सी। जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिँदा बोरुसिया डर्टमुन्ड पराजित भएको छ।

शनिबार राति भएको खेलमा बायर्न युनियन बर्लिनसँग उसकै मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु टोली युनियन बर्लिनका ग्रिस्चा पोर्मेलले गोल गर्दा बायर्नका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका थिए ।

यो बराबरीले बायर्न ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । बर्लिन १७ अंकसहित छैटौ स्थानमा छ ।

यस्तै, अर्काे खेलमा बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा भिएफबी स्टुटगार्टसँग ५–१ को फराकिलो हार ब्यहोरेको छ ।

यो हारसँगै डर्टमुन्ड १९ अंक जोडेर पाँचौ स्थानमा झर्दा स्टुटगार्ट १७ अंक जोड्दै सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्