Logo

एट्लेटिकोको अपराजित यात्रामा रियलले लगायो पूर्णविराम



Spread the love

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-० हराएको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा १५ औं मिनेटमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए ‌। ६३ औं मिनेटमा ड्यानी कार्भाहलले २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लाग्दै गोलरक्षक अोब्लाकको ढाडमा लागेर गोल भएको थियो ।

हारका बाबजुद एट्लेटिको अंक तालिकाको शीर्ष स्थानमा छ । रियल १२ खेलमा २३ अंकसाथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्