Logo

विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाविरुद्धको खोप आपूर्ति गर्छ – अर्थमन्त्री पौडेल



Spread the love

काठमाडौं। अर्थमन्त्री विष्णु पौडलले कोरोनाविरुद्धको खोप सहज रुपमै आपूर्ति गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले कोरोनाको गुणस्तरीय सस्तो खोप सहजरुपमा आपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका हुन् ।

मन्त्री पौडेलले विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाविरुद्धको खोप आपूर्ति गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्