Logo

नाकबाट रगत बगिरहेको अवस्थामा अभिनेत्रीको शव फेला



Spread the love

एजेन्सी । भारतीय अभिनेत्री अर्या बनर्जीको मृत्यु भएको । शुक्रबार साँझ दक्षिणी कोलकत्तास्थित उनकै निवासमा बनर्जीलाई छमेकीहरूले मृत अवस्थामा फेला पारेका थिए ।

फिल्ममा अर्या बेनर्जीको नामले परिचित भए पनि उनको प्रमाणपत्रको नाम भने देवदत्त बेनर्जी भएको प्रहरीले उल्लेख गरेको छ ।

फरेन्सिक टोलीका अनुसार उनको नाकबाट रगत बगिरहेको अवस्थामा अर्या फेला परेकी हुन् । उनको शव अहिले पोस्ट मार्टमका लागि लगिएको बताइएको छ । ३५ वर्षीया अर्या घरमा एक्लै बस्दै आएकी थिइन् । उनले घरमा एउटा कुकुर पनि पालेकी थिइन् ।

उनको घरमा धेरै खाली रक्सीका बोतलहरू पनि भेटिएको बताइएको छ । अर्याले विद्या बालनको डर्टी पिक्चरमा समेत अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्