Logo

प्रिमियर लिगमा वेस्ट ह्यामको पूनरागमन जित



Spread the love

एजेन्सी। वेस्ट ह्याम युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडमाथि २–१ को पूनरागमन जित हात पारेको छ । लिड्समा गएराति भएको खेलमा घरेलु टोलीले खेलको छैटौं मिनेटमा पेनाल्टीमार्फत क्लिचले अग्रता दिलाए ।

२५औं मिनेटमा टोमास सौसेकले जारोड बोवेनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा एन्जेलो ओग्वोन्नाले आरोन क्रेसवेलको पासमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को जित दिलाए ।

यो जितसँगै वेस्ट ह्याम १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लदा लिड्स १४ अंकसहित १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्